बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण अभियान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गुल्मीको तम्घासमा बृहत बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
एक दिने उक्त कार्यक्रममा महालक्ष्मी लाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पार्नु पारेका थिए । ट्रेनर सुभाष के.सी. ले अभिकर्ता उत्प्रेरणा बारेमा क्लास लिएका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी दिएका थिए ।
२ सय ५० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बिमितहरूलाई सम्मान गरिएको थियो ।


