Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तले गर्यो वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मेचिनगर १२,झापा (धाईजन) ले पहिलो केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रमा शाखाको विभिन्न केन्द्रबाट ९० जना केन्द्र प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संघिय संसदका सदस्य कुमारी मेचेले उपस्थितलाई कर्जाको सहि सदुपयोग गरी उधमी बन्न प्रेरित गर्दै संस्थालाई उधमशिलताको तालिमहरु पनि साथ साथै संचालन गर्न अग्रह गरिन् । त्यस्तै मेचिनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष नरेन्द्र धिमालले संस्था संग समाजिक जनचेतना लगायत अन्य कार्यको लागि सहकार्य गर्न आफुहरु तयार हेको र आगामी बर्षहरुमा पनि संस्थाले आफ्नो अर्थिक कारोबार संगसगै समाजमा वित्तीय साक्षरता लगायत अन्य जनचेतना मुलक कार्य गर्न पनि अनुरोध गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले उपस्थितको गुनासोहरुको सम्वोधन गर्दै आगामी दिनमा संस्थाले प्रदान गर्ने सेवा सुविधालाई ग्रहकमुखि बनाउदै लैजाने र संस्थामा आबद्ध सदस्यहरुलाई विभिन्न किसिमका सिपमुलक तालिम पनि दिईने प्रतिबद्धता व्यक्त गरे ।

उल्लेखित दुईओटै कार्यालयमा अथितीको हातवाट छुट्टाछुट्टै पाँच विदामा उत्कृट सदस्यहरुलाई नगद तथा प्रमाण पत्र वितरण गरीएको थियो ।

Ad