Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता तथा राहत वितरण कार्यक्रम सम्पन्न

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्सको शाखा कार्यालय टेडाले ग्राहक सदस्यहरु तथा अभिभावकहरु सहित बार्षिक कार्यशाला गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । साथै, संस्थाले विनाशकारी हावाहुरीबाट प्रभावित भएका संस्थामा आवद्ध ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाबाट प्रदान गर्ने सेवाहरु, संस्थाको प्रगती, भावी रणनीति,गोष्ठीको महत्व, समुह अध्यक्षको भुमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुबीमाको महत्व, असल समुहका बिशेषताहरु, लगायतका सम्बन्धमा सहभागीहरुसँग वित्तीय साक्षरताको बारेमा छलफल गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवले उत्तकृष्ट प्रथम द्धितीय, तृतीयको साथै सान्तवाना समुह अध्यक्षहरुलाई स सम्मान सहित पुरस्कार तथा प्रमाण पत्र समेत बितरण गरे । त्यस्तै आफ्नोे समाजिक उतरदाइत्व अन्तर्गत संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई हवाहुरीबाट प्रभावित भएको ग्राहकहरुलाई तत्काल राहत बितरण गरि ग्राहक सदस्यहरुलाई भएको पिडामा राहत गर्ने काम गरेको बताए ।

कार्यक्रममा कुल ८० जना ग्राहक सदस्यहरुलाई जनही चामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, भुजा १ किलो, तेल १ लिटर, मशाला ३ प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।

Ad