Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्तले गर्यो २० शाखा प्रमुखहरुको उपस्थितीमा त्रैमासिक समिक्षा

२०७५ चैत्र २२ गते

बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं १ र २ अन्तर्गतका १७ वटा जिल्ला मा संचालित २० वटा शाखाहरुबाट प्रतिनिधत्व गर्दै शाखा प्रमुखहरुको उपस्थितीमा एक दिने BM Meet & Quarterly Review गरेको छ ।

आर्थिक बर्षको तेश्रो त्रैमासको उत्तरार्धमा संस्थाले प्रदेश नं १ र २ अन्तर्गतको शाखाहरुको लक्ष्य, प्रगति एबम् लघुवित्त क्षेत्रमा देखिएका चुनौतीहरु तथा भावी रणानीतिको बारेमा छलफल गरी कार्यक्रम विस्तारमालाग्ने उद्धेश्यले कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले शाखा प्रमुखहरुलाई आफ्नो लक्ष्य तर्फ उन्मुख भै काम गर्न र लघुवित्त क्षेत्रमा देखिएका चुनौतीहरुलाई नजिगबाट विश्लेषण गर्दै विशेष गरी ४ वटा पक्षहरु ब्यवसाय विस्तार, गुणस्तर , नीति नियम तथा निर्देशनको पालना र ग्राहकको सन्तुष्टीमा केन्द्रीत भै सुधारिएको फराकिलो सोचका साथ काम गर्न उत्प्रेरित गर्नु गरेका थिए । कार्यक्रममा प्रशासन विभाग प्रमुख र कर्जा विभाग प्रमुखको उपस्थिती रहेको थियो ।

हालसम्म लघुवित्तले ४७ वटा जिल्लामा लघुवित्त सेवा प्रदा नगर्दै आएको छ । संस्थाको हाल ७७ हजार ६ सय ६६ ग्राहक सदस्य रहेको छ भने ४२ हजार ४ सय ७७ ग्राहक सदस्यलाई ३ अर्व ३५ करोड कर्जा लगानी गरेको छ । त्यस्तै गरी ग्राहक सदस्यहरुबाट १ अर्व १४ करोड बचत पनि संकलन गरेको छ ।

Ad