बैंकिङ खबर । एशियन लाईफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा सरसफाई सम्बन्धी कार्यक्रम गरेको छ । इन्स्योरेन्सले ११औं वर्ष पुरा गरेको अवसरमा आफ्ना विभिन्न कार्यलयहरुमा रक्तदान कार्यक्रम गरेको हो । इन्स्योरेन्सले दिएको जानकारी अनुसार ७ सय ३५ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा १ सय १० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरिएको थियो । सफलता एचआइभी शिक्षा सदन किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई समेत वितरण गरेको छ ।
इन्स्योरेन्सले देशभर १ सय १५ शाखा तथा उप शाखा मार्फत् जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।


