Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र बोर्डले पायो वित्तीय साक्षरताका लागि आईएनएफईको पूर्णकालिन सदस्यता

२०७५ चैत्र २२ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता प्रवद्र्धन गर्न अन्तरराष्ट्रिय संस्था ओईसीडी आईएनएफईको (International Network of Financial Education) को सदस्यता प्राप्त गरेको छ । जनवरी १, २०१९ देखि लागु हुने गरी बोर्डले नेपालको तर्फबाट उक्त संस्थाको पूर्ण सदस्यता प्राप्त गरेको जानकारी दिएको छ ।

नेपालमा ओईसीडीको पूर्ण सदस्यता पाउने पहिलो संस्था बनेको छ । विश्वव्यापी रुपमा वित्तीय साक्षरता सम्बन्धी काम गर्ने गरी स्थापना भएको उक्त संस्थाको सदस्य भएपछि वोर्डले नेपालमा पनि वित्तीय साक्षरता सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमहरु आयोजना गर्न सक्ने छ ।

सदस्यता पाएपछि वोर्डले सूचना जारी गर्दै वित्तीय क्षेत्रमा विकास भएका प्रविधिको जानकारी गराउन वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमलाई समन्वयात्मक तथा स्तरीय रुपमा सञ्चालन गर्न उपयुक्त वातावरण निर्माण भएको विश्वास गरेको छ ।

ओईसीडी आईएनएफईमा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा रहेका छन् । नियमित सदस्यतर्फ भने ९५ देशका १ सय ७२ संस्थाहरु रहेका छन् ।

Ad