बैंकिंग खबर । नेपाल बीमक संघको अध्यक्षमा दीप प्रकाश पाण्डे चयन भएका छन् । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । बीमक संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त कार्य समितिमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान उपाध्यक्ष चयन भएका छन् । त्यस्तै महासचिवमा सगरमाथा इन्स्योरेन्स सीइओ चंकी क्षेत्री चुनिएका छन् ।
कोषध्यक्ष तर्फ़ आइएमई जनरल इन्स्योरेन्सका सिइओ योगेश भक्त बादे श्रेष्ठ चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा एनएलजी इन्स्योरेन्सका सीइओ सुनिल बल्लव पन्त, प्रभु इन्स्योरेन्सका सीइओ सन्चित बर्जाचार्य, अजोड़ इन्स्योरेन्सका सीइओ कुमार बहादुर खत्री, एभरेष्ट इन्स्योरेन्सका सीइओ कमल गौतम, सानिमा जेनेरल इन्स्योरेन्सका डिजिएम सुवोध लाल श्रेष्ठ चयन भएका छन् ।


