बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्था भरतपुर द्वारा दुईदिन समिक्षा तथा रणनीति तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । २० वटा शाखा कार्यालयका कार्यलय प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित उक्त कार्यक्रम चितवनको भरतपुर, आस्थाचोक स्थित मोहन माध्यमिक विद्यालयमा भएको थियो ।
उक्त गोष्ठी कार्यक्रममा चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षा तथा आगामी अवधिमा बजेट तथा रणनीतिक योजना सम्बन्धमा शाखागत रुपमा प्रस्तुतिकरण सहित छलफल गरिएको थियो ।
गोष्ठी कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य ,का.मु. नायव महाप्रबन्धक रविन्द्र तिमल्सेना तथा व्यवस्थापन समुहका अन्य अधिकृत कर्मचारी हरुको समेत उपस्थिति रहेको थियो ।