Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तद्वारा बारा पर्साका हावाहुरी पिडितलाई राहत वितरण

२०७५ चैत्र २० गते

बैंकिङ खबर । स्वावलम्बन लघुवत्ति वित्तीय संस्थाले बारा जिल्ला स्थित फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाँउमा आएको विनासकारी हावाहुरीबाट पिडित घरपरिवारलाई ४ लाख ६० हजार नगद राहत वितरण गरेको छ ।
संस्थाले हावाहुरीका पिडितलाई पहिचान गरी थप राहत तथा सहयोगका लागि सो रकम दिएको हो । वित्तीय संस्थाले हावाहुरीबाट घर भत्किएर हाल सार्वजनिक स्थानमा बस्दै आएका, घरमा रहेको खाद्यान्न तथा लत्ता, कपडा साथै पशुपंक्षीको समेत नोक्सान भएको प्रारम्भिक तथ्यांकको आधारमा शाखा कार्यालय कलैया, बारा मार्फत उक्त रकम उपलब्ध गराएको हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पिडित घरपरिवारलाई राहत तथा विभिन्न सहयोग कार्यक्रम निरन्तर रुपमा गर्दै आएको छ ।

Ad