बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्ष आर्थिक विकासका लागि आधार वर्षको रुपमा गएको बताएका छन् । उनले आगामी एक वर्ष विकासका कामहरु तिब्र रुपमा अगाडी बढ्ने बताए । पाँच वर्ष भित्र मुलुकको आर्थिक वृद्धि उच्च बनाउने लक्ष्य लिएको बताए । प्रधानमन्त्री ओलीले ५ वर्ष भित्रमा आर्थिक तथ्याङ्कहरु सम्झन नसकिने बन्ने समेत दावी गरेका छन् । उलने कुनैपनि जनता भोकले मर्नुनपर्ने समेत बताए ।
काठमाण्डौंमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकासमा अगाडी बढीसकेकाले जनतालाई देखाएको सपना पुरा गरेरै छाडने बताए ।
आफूहरु समाज परिवर्तनका लागि अगाडि बढेको बताउँदै प्रधानमन्त्री ओलीले पन्ध्रौँ पञ्चवर्षिय योजना महत्वाकांक्षी हुनुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले कुरा गरेर मात्रै हुँदैन, काम नै गर्नुपर्छ भन्ने गरेको बताउँदै एक वर्षभित्र धेरै काम भएको बताए । उनले महाकालीमा पुल निर्माण गरेको, विभिन्न ठाउँमा तुइन विस्थापित गरि झोलुङ्गे पुलहरु बनेका छन् । उनले बताए ।
प्रधानमन्त्री ओलीले देश समृद्ध बनाउनेमा काम गरिरहेको बताउँदै देशबाट बाहिर जाने युवाहरुलाई क्रमशः देशभित्रै अवसर दिने बताए । उनले सरकारलाई रेमिट्यान्सको लोभ नभएको बताउँदै केही वर्षभित्रै सबै युवालाई रोजगारी दिने बताए ।