बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले मार्केटिङका लागि १६ जना कर्मचारीको माग गरेको छ । क्षमतावान, दक्ष र योग्यता भएका कर्मचारीको माग गरेको जनाएको हो ।
इन्स्योरेन्सले उपत्यका भित्र तथा उपत्यका बाहिरका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । उपत्यकाभित्रका लागि १० जना, र उपत्यका बाहिरका लागि बाँकि उल्लेखित कर्मचारीको माग गरेको हो ।



