बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय छोप्राक गोरखाले आफनो ग्राहक सदस्यहरुलाई निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वित्तरण गरेको छ । एक कार्यक्रम आयोजना गरी ग्राहकहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
छोप्राक शाखा गोरखा जिल्लाको विकट ठाउँमा रहेको छ । उक्त स्वास्थ्य परीक्षणमा ७० जना भन्दा बढी ग्राहक सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाले चैत्त महिनामा विभिन्न स्थानमा सदस्यको स्वास्थ्य परीक्षण गरेको छ ।