Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सेवा माछापुच्छ्रे बैंकबाट पाइने

२०७५ चैत्र २० गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मीलाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ। इन्स्योरेन्सले हाल सम्म २३ वटा शाखा तथा उपशाखा सञ्चालनको तयारी गरिसकेको छ ।