२०७५ चैत्र १९ गते

कैलाश विकाश बैंकले सानिमा लाईफको बीमा सेवा दिने

बैंकिङ खबर । सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच बीमा सेवा सम्वन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना र बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता पछि ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्ने छ ।