बैंकिङ खबर । एनआईसी एशिया बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा सेवा दिने भएको छ । सो बीमा सेवा सम्बिन्धी बैंक र बीमा कम्पनीले सम्झौता गरेका छन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
उक्त सम्झौता पछि बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २ सय ८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।



