बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले चैत्र १८ गते लालबन्दी नगरपालीका वडा नंं.०१ स्थित नवलपुर सर्लाही, फिक्कल गाउँपालिका वडा नंं.०४ स्थित खाङसाङ सिन्धुली, सुनकोशी गाउँपालिका वडा नंं.०३ स्थित रातमाटा, सिन्धुली र शिबराज नगरपालीका वडा नं. ०३ स्थित खरेन्द्रपुर, कपिलवस्तुमा गरी ४ (चार) नयाँ शाखा स्थापना गरेको छ ।
नवलपुर शाखा कार्यालयको उद्घाटन लालबन्दी नगरपालीका वडा नं १ का अध्यक्ष पंञ्चलाल श्याम्बो, खाङसाङ शाखा कार्यलयको उद्घाटन फिक्कल गाउँपालिका वडा नं.४ का अध्यक्ष धन बहादुर कार्की, रातमाटा शाखा कार्यलयको उद्घाटन सुनकोशी गाउँपालिका वडा नं.३ का अध्यक्ष राम चन्द्र आचार्य र खरेन्द्रपुर शाखा कार्यलयको उद्घाटन शिवराज नगरपालिका वडा नं.०३ का अध्यक्ष टेक बहादुर तिवारीले गरे ।
हाल सम्म संस्थाले २८ वटा शाखा कार्यलय मार्फत १५ जिल्लामा लघुवित्त सेवा पदान गर्दै आएको छ । १४ हजार २ सय ५६ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको । लघुवित्तले २१ करोड २९ लाख बचत संकलन गरी ७५ करोड ९५ लाख ५९ हजार कर्जा लगानी गरेको छ ।