Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

डिप्रोक्स लघुवित्तको डेपुटी सिइओमा बस्नेत नियुक्त

२०७५ चैत्र १८ गते

बैंकिङ खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा भेष बहादुर बस्नेत नियुक्त भएका छन् । चैत्र १८ गतेदेखि नै लागु हुने गरी उनलाई सो पदमा नियुक्त गरिएको हो ।

यस अघि उनी स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय देखि केन्द्रीय कार्यालयको विभिन्न विभागको विभागीय प्रमुखको रुपमा २३ वर्ष भन्दा बढी समय सेवारत रहेका बस्नेत एक परिश्रमी,सहयोगी, मिलनसार र लघुवित्त संचालनको अनुभवी व्यक्तित्वको रुपमा परिचित छन् ।

बस्नेतले नेपाल लघुवित्त बैंकर्स एशोसियसन र सेन्टर फर सेल्फ हेल्प डेभलपमेन्टद्वारा आयोजित लघुवित्त संचालन सम्बन्धी विभिन्न तालिम कार्यक्रमहरुमा समेत श्रोत व्यक्तिको रुपमा कार्य गरिसकेका छन् ।

Ad