Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तको समन्वयमा वित्तीय चेतना कार्यक्रम

२०७५ चैत्र १८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी संघको आयोजना तथा वोमी लघुवित्तको समन्वयमा भरतपुर महानगरपालिका वडा नं. २६, ज्योतिनगर, चितवनमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जसमा नेपाल राष्ट्र बैंकको सहयोग रहेको थियो । कार्यक्रममा विद्यार्थी तथा कृषक, महिला तथा पुरुषहरु गरी जम्मा १ सय २४ जना स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रेम प्रसाद आचार्यले वित्तीय साक्षरताका सम्बन्धमा प्रस्तुत गरेका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व अधिकृतहरु सिद्धि कृष्ण जोशी तथा प्रमोद प्रसाद नेपालले उपस्थितलाई वित्तीय चेतनाका विभिन्न विषयवस्तुको वारेमा व्यवहारिक ज्ञान दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले वित्तीय संस्था तथा वित्तीय साक्षरताका सम्बन्धमा राखेका विभिन्न जिज्ञाशाहरुको सम्वोधन समेत गरिएको थियो ।

Ad