बैंकिङ खबर । ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी भएको सबैको लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओलाई इक्रा नेपालले औसत भन्दा कमजोर वित्तीय अवस्था जनाउने ग्रेडिङ प्रदान गरेको हो ।
संस्थाले २२ वटा जिल्लामा कार्यक्षेत्र रहने गरि अनुमति पाएको छ । प्राथमिक शेयर निष्काशन सँगै संस्थाको चुक्ता पूँजी १६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ।
यस्तै, भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्थाले जारी गर्ने ४ करोड रुपैयाँ बराबरको आइपीओलाई पनि इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड ग्रेडिङ गरेको छ ।
संस्थाले स्थापनाको छोटो समयमानै १९ वटा जिल्लामा शाखा विस्तार गरी लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
दुई लघुवित्त संस्थाले जारी गर्ने आइपीओलाई इक्रा नेपालले औसत भन्दा तल आधारहरु जनाउने ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।