बैंकिङ खबर । नागरिक लगानी कोषले २ अर्ब ३० करोड रुपैयाँ मुद्धति निक्षेपमा राख्नको लागि बैंकहरुलाई गोप्य शिलबन्दी बोलपत्र आवहान गरेको छ । कोषले आज एक सूचना मार्फत वाणिज्य बैंकरुमा १ वर्षका लागि मुद्धति निक्षेप राख्न लागेको जनाएको हो । कोषले उक्त रकम लिन चाहने बैंकहरुलाई आफुले दिन चाहेको व्याजदर र व्याज भुक्तानी अवधि समेत उल्लेख गरी गोप्य शिलबन्दी गर्न आग्रह गरेको छ ।
कोषले बैंकहरुलाई चैत २० गते भित्र गोप्य शिलबन्दी सहितको आवेदन दिन आग्रह गरेको छ । कोषमा जम्मा भएको रकमलाई लगानीका विभिन्न अवसर खोजीरहेको बताउर्दै कोषले उक्त रकम मुद्धती निक्षेको रुपमा बैंकहरुमा राख्न लागेको हो । कोषले राष्ट्र बैंकको नियामकीय ब्यवस्था पुरा गरेका वाणिज्य बैंकहरुलाई आवश्यक कागजातहरु समावेश गरि गोप्य शिलबन्दी निवेदन दिन आग्रह गरेको छ । आवाश्यक कागजात पुरा भएको तथा उच्च व्याज कबोल गर्ने बैंकलाई उक्त निक्षेप उपलध गराउने कोषले बताएको छ ।
अर्थ मन्त्रालयले भने कोषलाई बजार नै प्रभावित पार्ने गरी व्याज दर नतोक्न र सो अनुसारको व्यवहार नगर्न यसअघि नै निर्देशन दिएको थियो । तर कोषका अधिकारी भने कोषको विधानमा भएको ब्यवस्था अनुसार नै गोप्य शिलबन्दी सहीतको आवेदन माग गरेको बताउँछन् । कोषको नियमावलीमा नै प्रतिस्पर्धाको आधारमा निक्षेप लगानी गर्ने ब्यवस्था रहेकोले शिलवन्दी आवहान गरिएको कोषका डिसिओ तथा सुचना अधिकारी ओम कृष्ण श्रेष्ठले जानकारी दिए ।