Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नागबेली लघुवित्तले २५ प्रतिशत हकप्रद जारी गर्ने,राष्ट्रिय स्तरमा स्तरोन्नती हुँदै

२०७५ चैत्र १७ गते

बैंकिङ खबर । नागबेली लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ४ बराबर १ अर्थात (४ः१ ) को अनुपादमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाको नवौ बार्षिक साधारणसभाले सो को अनुपादमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । साथै संस्थाले राष्ट्रिय स्तरको लघुवित्तमा जाने विषेश प्रस्ताव समेत पारित गरेको छ ।

हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको चुक्ता पूँजी २० करोड ९५ लाख १२ हजार ७ सय २ रुपैया पुग्ने छ । त्यस्तै साधारण सभाले संचालक समितिमा संस्थापक तर्फ दिप बहादुर श्रेष्ठ, संजय कुमार श्रेष्ठ, निरज चौधरी र टिकाराम गिरि तथा सर्बसाधारण तर्फ दिपेन्द्र कुमार कार्की र रचना शर्मा गरि ६ जनालाइ आगामी ४ बर्से कार्यकालको लागि निर्बिरोध चयन गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष दिप बहादुर श्रेष्ठले लघुवित्त क्षेत्रमा नविनत्तम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढेको र अहिले वित्तीय संस्थाहरु नाफामुखि र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले ग्रामिण दुरदराजमा गई वित्तीय कारोवारका साथै सामाजिक कार्य पनि गर्दै आएको बताए ।

त्यस्तै निबर्तमान संस्थापक शेयरधनी पवन कार्कीले निर्वाचित सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर । मर्जर तथा प्राप्तिमा जाने निर्यण गर्दा संस्थाको जित हुनेगरी निर्णय हुनुपर्ने धारणा राख्दै बित्तिय संस्थाले ग्रामिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

हालसम्म वित्तीय संस्थाले ३० वटा शाखा कार्यालय मार्फत १९ हजार ५ सय भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्ध गराई १३ हजार बढी ऋणी सदस्यमा ७८ करोड कर्जा लगानीमा रहिरहेको गरेको र २९ करोड सदस्यको बचत रहेको जानकारी गराउदै वित्तीय संस्थाले आगामी दिनमा ग्रामिण क्षेत्रहरुमा थप शाखा विस्तार गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

Ad