बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्सले संस्थामा आवद्ध सदस्यहरुको लागी व्यवसायीक कुखुरा पालन तालिम दिएको छ । महिला कृषकहरुको ज्ञान,सिप र क्षमता अभिबृद्धि गदै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिका लागि Suda Farm Sanctum Resort मा तालिम सम्पन्न गरेको हो ।
नेशनल माइक्रोफाइनान्समा आवद्ध भिमदत ,बेदकोट तथा शुक्लाफाटाका २७ जना कुखुरा पालक किसान तथा व्यवसायी लगायत अन्य व्यक्तिको सहभागीता रहेको रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले छाटो समयमानै यस क्षेत्रको बिकास र समृद्धिका निमित्त साथै उत्पादन,ब्यवसायमा महिला सहभागीता निमीत्त संस्थाले गरेको प्रयास तथा कार्यका लागि नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थालाई बिशोष धन्यबाद दिदै व्यवसायको विस्तार र त्यसले देशमा पुयाउन सक्ने योगदान र नगरपालीका लगायत सम्पुर्ण साझेदार निकायको सहयोग र योजनाका लागी कृषक चनाखो हुनुपर्ने र कृषिको विकास र विस्तारीकरणका लागी नगरपालीका पुर्ण सहयोग गर्न तत्पर रहेको धारणा प्रस्तुत गरेका थिए ।
चालु आर्थिक बर्षको फाल्गुन मसान्त सम्ममा ६० बटा शाखा कार्यालयहरु मार्फत संस्थाले देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका आफ्ना ७० हजार भन्दा वढी विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।