Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कस्ता ब्रोकरले गर्न पाँउछन् मार्जिन कारोबार? लगानीकर्ताले कसरी लिने सुविधा?

२०७५ चैत्र १५ गते

बैंकिङ खबर । धितोपत्र कारोबार प्रयोजनार्थ मार्जिन ट्रेडिङलाई राष्ट्र बैंकले बाटो खोलि दियो । खास गरि मार्जिन ट्रेडिंग ब्रोकर मार्फत सिधै लगानीकर्ता समक्ष सेवा पुर्याउने लक्ष्यलाई राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ मा निक्षेप लिन वा कर्जा दिन राष्ट्र बैंकको स्विकृती लिनुपर्ने प्रावधान रहेका कारण अन्योलमा परेको थियो । मार्जिन कारोबार सम्बन्धि लामो समय सम्म अन्योलता छाएसंगै धितोपत्र बोर्डको रोहबरमा नेप्सेलाई मार्जिन ट्रेडिंग सम्बन्धि कार्यविधि बनाउन निर्देश दिएको थियो । सोहि निर्देशन बमोजिम “नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५“ तयार गरि आवश्यक कार्य गर्नका लागि ब्रोकर तथा सम्बन्धित सबैका लागि सूचना जारी गरि सकेको छ ।

कसले दिन्छ मार्जिन कारोबार सुबिधा ?
कम्तिमा पाँच करोड रुपैयाँ बराबरको खुद सम्पत्ति भएको ब्रोकरले नेप्सेबाट अनुमति लिनु पर्ने छ भने धितोपत्र बोर्ड अनुमति पत्र र नेप्सेको सदस्यता नविकरण भएको हुनु पर्नेछ । साथै हरेक आर्थिक वर्षको समाप्तिसंगै नविकरण गरिएको हुनु पर्ने छ । कारोबारका दौरान ब्रोकरले कार्यविधि प्रतिकुल वा लगानीकर्ताको हित विपरित कार्यगरेको ठहरिएमा स्वत अनुमतिपत्र खारेज हुनेछ भने सम्झौतामा उल्लेखित मितिसम्म उक्त मार्जिन कारोबारको दायित्व बहन गर्नु पर्ने छ ।

मार्जिन ट्रेडिंगका लागि योग्य शेयरहरु
कुनै पनि कम्पनी जो कारोबारका लागि नेप्सेमा सुचिकृत रहेको भएपनि उसका शेयरधनीहरु कम्तीमा १० हजार हुनु पर्ने छ साथै कम्पनीको चुक्ता पुंजी भन्दा खुद सम्पत्ति अधिक रहेको हुनु पर्ने छ । कम्पनीले पछिल्ला दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशतको लाभांश वितरण गरेको साथै छ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनु पर्ने छ ।

मार्जिन ट्रेडिंगका लागि लगानीकर्ताले के गर्नु पर्छ ?
मार्जिन कारोबारका लागि अनुमति प्राप्त ब्रोकरबाट लगानीकर्ताले मार्जिन खाता खोल्नु पर्ने छ साथै ग्राहक परिचय विवरण के वाई सी भर्नु पर्ने छ । त्यसपछि उपलब्ध शेयरको १८० दिनको औसत मूल्यको ५० प्रतिशतले हुन आउने रकम सुरु मार्जिन अर्थात् इनिसियल मार्जिनको रुपमा लगानीकर्ताको आदेश पुर्व लिनु पर्ने छ । जसलाई ब्रोकरले जोखिमको आधारमा लगानीकर्तासंग बढी पनि लिन सक्ने छन् । त्यसै गरि सम्भार मार्जिनको रुपमा ४० प्रतिशत रहने छ भने हरेक दिनको कारोबारको अन्तिम विन्दुलाई गणना गर्दा न्युनतम ४० प्रतिशत वास्तविक मार्जिनको रुपमा कायम हुनु पर्नेछ । वास्तविक मार्जिन ४० प्रतिशत भन्दा कम हुन आएमा मार्जिन कल गरिने छ । मार्जिन कल गरेको दोस्रो कार्य दिन भित्र नगद अथवा उपयुक्त शेयर जम्मा गरि वास्तविक मार्जिन ४० प्रतिशत पुर्याउनु पर्ने छ ।

Ad