बैंकिङ खबर । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १३.५ प्रतिशत बोनस शेयर दिने भएको छ । शुक्रबार सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरे बमोजिम इन्स्योरेन्सले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/७४(गत आव)को लागि चुक्ता पुँजीको १३.५ प्रतिशत बोनस शेयर बितरण गर्ने छ । साथै, सभाले कर प्रयोजनको लागि नगद लाभांश एक करोड ८८ लाख रुपैयाँ पारित गरेको छ ।
गत आर्थिक बर्षमा इन्स्योरेन्सले कूल ५ सय ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीका अध्यक्ष प्रेमा सिंहले बताएकी छिन् । सो अवधिमा कम्पनीले १६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको एवम् द्धज्ञ करोड रुपैयाँको खुद मुनाफा आर्जन अध्यक्ष सिंहले जानकारी दिएकी छिन् ।
यसैगरी आर्थिक वर्ष २०७३/७४को अन्तसम्ममा इन्स्योरेन्सको कुल लगानी १९ दशमलव ४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २० दशमलव ८० प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तसम्ममा १७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
गत साधारण सभाबाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर र बोनस सेयर वितरण पश्चात कम्पनीको कूल चुक्ता पूँजी ३ अर्बभन्दा बढी इन्स्योरेन्सले जानकारी दिएको छ ।



