बैंकिङ खबर । सनराइज बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को जिवन बीमा सेवा दिने भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि सनराइज बैंकको मुलुकभर फैलिएका आाफ्ना१ सय ३ वटै शाखाहरmबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।
हालसम्म बैंकले १ सय ३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १८ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ



