Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालको दिर्घकालीन महत्वको परियोजनामा लगानी गर्छौ, एडीबी र विश्व बैंक

२०७५ चैत्र १५ गते

बैंकिङ खबर । एशियाली विकास बैंक र विश्व बैंकले नेपालका ठुला परियोजनामा लगानी गर्ने इच्छा प्रकट गरेका छन् । नेपाल लगानी सम्मेलन २०१९ लाई सम्बोधन गर्दै विश्व बैंकका उपाध्यक्ष हार्टवर्ग स्याफरले सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारा र दिगो आर्थिक वृद्धिलाई पुरा गर्न विश्व बैंक नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् । नेपाल सरकारले कानुनी संरचनामा सुधार गरेर लगानी वातावरण अझै सहज बनाएको बताए । उनले नेपालमा उर्जाको क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको पनि उल्लेख गरे । विगत ५० वर्ष देखि विश्व बैंकले नेपालमा लगानी गरिरहेको तथा आगामी दिनमा पनि अल्पकालीन भन्दा दिर्घकालीन परियोजनामा लगानी गर्न विश्व बैंक इच्छुक रहेको उनको भनाई थियो ।

एशियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष क्षसिजिन चेनले नेपालको मझौला उद्योग तथा कषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । नेपाल अहिले आर्थिक विकासको दिशामा हिडिरहेका भन्दै एडिबीले नेपालको दिर्घकालीन परियोजनामा लगानी गर्ने बताए । हाल खानेपानी पुर्वाधार जलविद्युत लगायतको क्षेत्रमा लगानी गरिरहेको र यही परियोजनाहरु अन्तिम चरणमा रहेको उनको भनाई छ । अब थप लगानीको लागि रणनीति बनाइरहेको पनि उनले बताए ।

Ad