Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लगानी सम्मेलनको तयारी पुरा, एक दर्जन एमओयू हुँदै

२०७५ चैत्र १४ गते

बैंकिङ खबर । अर्थमन्त्री डा.युवराज खतिवडाले लगानी सम्मेलनको तयारी सम्पन्न भएको बताएका छन् । चैत्र १५ र १६ गते काठमाडौंमा हुन लागेको सम्मेलनमा सरकार र निजी क्षेत्रको गरी ७७ वटा परियोजनाको प्रस्ताव पेश गरिने छ । जसमध्ये सरकारका ५० वटा र निजी क्षेत्रका २७ वटा परियोजना रहेका छन् । नेपाली लगानीकर्ताहरुको आवाश्यकता, माग तथा उद्देश्य अनुसार विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयास लगानी सम्मेलनमा गरिने अर्थमन्त्रीको भनाई छ ।

विदेशी लगानीकर्ताहरुबाट आउने लगानीले नेपाली ब्यवसायीहरुको लगानीलाई सहयोग पुर्याउने अर्थमन्त्री खतिवडाको भनाई छ । विदेशी लगानी ल्याउन आवाश्यक नीति तथा कानुन तयार भइसकेको अवस्थामा लगानी सम्मेलन गर्न लागिएको उनको भनाई छ । लगानी सम्मेलनमा नै एक दर्जन एमओयू हुने र सरकारको अपेक्षा अनुसार नै लगानी भित्रिने सम्भावना देखिएको मन्त्री खतिवडाले जानकारी दिए ।

Ad