Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

२०७५ चैत्र १४ गते

बैंकिङ खबर । प्रभु बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुने छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्तीको समझदारी पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Ad