Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा ओम डेभलपमेन्ट बैंकबाट पाइने

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

सम्झौता पछि ओम डेभलपमेन्ट बैंकले देशभर रहेका ५३ शाखा कार्यलयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चैत्र मसान्तभित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको लागि तयारी गरिरहेको छ ।