Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लगानी सम्मेलनमा ७७ वटा परियोजा, ४० मुलुकका ६ सय लगानीकर्ता आउने

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । सरकारले चैत्र १५ र १६ गते काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनमा ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने भएको छ । जस मध्ये ५० वटा सरकारले र २७ वटा निजी क्षेत्रले तयार पारेका हुन् । उक्त सम्मेलनमा ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने अर्थमन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनका विषयमा जानकारी दिएको हो । सम्मेलनमा १ दर्जन जति परियोजनामा हस्ताक्षर गर्ने बताइएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री के. पी शर्मा ओलीले गर्ने छन् भने निजी क्षेत्र सहित विभिन्न उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहने छ ।

Ad