Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सको बीमा सेवा कामना सेवा बिकास बैंकले दिने

२०७५ चैत्र १० गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकबाट सगरमाथा इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । कामना सेवा बिकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्धेश्यले सगरमाथा इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभर रहेका शाखा, उपशाखा तथा एक्स्टेन्शन काउन्टर मार्फत कामना सेवा बिकास बैंकका ग्राहकहरुले सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भक्क्तानी गर्न र दावी भक्क्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सहज हुनेछ ।