March 24th, 2019

सिद्धार्थ बैंकले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सेवा दिने

बैंकिङ खबर । सिद्धार्थ बैंकले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सेवा दिने भएको छ । दुई कम्पनीबीच आइतबार सो सम्बिन्धि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरे ।

सम्झौता पछि सिद्धार्थ बैंकले देशभर रहेका आफ्ना १ सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ। इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौंउपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]