Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक पटकमा ५ लाख माथिको कारोबार गर्दा मात्र प्यान अनीवार्य : बोर्ड

२०७५ चैत्र ७ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले दासा्रे बजारमा ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दा मात्र स्थायी लेखा नंम्बर (प्यान) चाहिने स्पस्ट पारेको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दौ बैंशाख एक गते देखि दासा्रे बजारमा एक पटकमा ५ लाख भन्दा बढीको शेयर खरिद विक्री गर्दा प्यान अनिवार्य चाहीने तर सो भन्दा कमको खरिद विक्री गर्दा अनिवार्य नगरीएको बताएको हो ।

लगानीकर्ताको तिव्र विरोध भएपछि यसअघि खरिद गर्दा मात्र प्यान लागु गर्ने त्यसमा पनि सम्पुर्ण कारोबारमा प्यानलाई अनिवार्य गर्ने निर्णयबाट बोर्ड पछाडी हटेको थियो । बोर्डले साना लगानीकर्तालाई लगानीको लागि प्रोत्साहनको लागि भन्दै ५ लाख भन्दा मुनीको कारोबारमा प्यानलाई ऐच्छिक गर्ने निर्णय गरेको बताएको छ । उक्त निर्णयमा कतिपय लगानीकर्ताहरुमा द्वुविधा भएको भन्दै यसलाई प्रष्ट पार्न विज्ञप्ति जारी गरेको बोर्डले बताएको छ ।

दोस्रो बजारमा धितोपत्र खरीद वा विक्री गर्दा दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा रु ५ लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र प्यान अनिवार्य गर्न लागेको बार्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

Ad