March 21st, 2019

एसियन लाइफले ६० प्रतिशत हकप्रद विक्री गर्दै, चुक्ता पूँजी २ अर्ब नाघ्ने

बैंकिङ खबर । एसियन लाइफ इन्स्योरेन्सले चैत २५ गतेदेखि आफ्नो चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित दरका ७५ लाख ४० हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।

विक्री प्रवन्धक एनआईबिएल कयापिटलका अनुसार चैत २५ गते देखि बैशाख २९ गते सम्म हकप्रदमा आवेदन दिन सकिने छ । कम्पनीको अहिलेको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । उक्त चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ७५ करोड ४० लाख रुपैयाँ बराबरको शेयर विक्री गर्न लागेको हो । इन्स्योरेन्सको हकप्रद शेयर विक्री विक्री पछि चुक्ता पूँजी २ अर्ब नाघ्ने छ ।

इन्स्योरेन्सको वार्षिक साधारणसभाले बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीमा ६० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]