March 19th, 2019

सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।
सो सम्झोतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

उक्त सम्झौता पछि ग्र्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्सका निर्जिवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले निर्जिवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]