March 19th, 2019

सोमबार देखि ‘फिल्म बीमा’ लागु, कूल लगानीको एक प्रतिशत शुल्क बुझाउनुपर्ने

बैंकिङ खबर । नेपालमा निर्माण हुने कुनैपनि चलचित्र (फिल्म)को बीमा गर्न सकिने भएको छ । नेपाल चलचित्र निर्माता संघले सोमबार देखि ‘फिल्म बीमा’ लागु भएको जानकारी दिएको हो । यसअधि फिल्म निर्माणका क्रममा हुने दुर्घटनाको मात्र बीमा गर्न सकिने व्यवस्था थियो ।

निर्माण गर्न लागिएको चलचित्रको कुल लगानीको एक प्रतिशत शुल्क बुझाएर निर्माताले चलचित्रको प्रोजेक्ट बीमा गर्न सक्ने छन् । यस्तो बीमा चलचित्र निर्माता संघले गर्ने छ । चलचित्र निर्मातासंघले मुलुकमै पहिलोपटक निजी क्षेत्रबाट फिल्म बीमा हुने व्यवस्थाको सुरुवात गरिएको जनाएको छ ।

यस्तो बीमाबाट चलचित्र छायाङ्कन र निर्माणका क्रममा भैपरी आउने दुर्घटनाका कारण हुने आर्थिक क्षतिलाई सुरक्षा गर्दछ । यस्तो बीमाका लागि चलचित्र विकास बोर्डमा चलचित्र दर्ता गर्दा खुलाएको कूल लगानीको एक प्रतिशत शुल्क बीमाको लागि बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]