March 18th, 2019

नागरिक लगानी कोषको शेयर स्वामित्वबाट किन बाहिरियो राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक नागरिक लगानी कोषमा रहेका आप्mनो ४० प्रतिशत शेयर स्वामित्व बाट बाहिरिने भएको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले संसदमा पेश गरेको नागरिक लगानी कोष ऐन संशोधन प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएसँगै कानुनी रुपमा राष्ट्र बैंक नागरिक लगानी कोषबाट बाहिरिनु पर्ने भएको हो ।

राष्ट्र बैंक नागरिक लगानी कोषबाट बाहिरिएसँगै कोषको शेयर संरचनामा पनि परिवर्तन हुने भएको छ । कोषमा अहिले सरकारको १० प्रतिशत शेयर रहेको छ । यसलाई बढाएर २३ दशमलव ३४ प्रतिशत पुर्याइने छ । यस्तै राष्ट्र बैंकको ठाउँमा राष्ट्रिय बीमा संस्थानलाई ल्याउने र संस्थानको शेयर स्वामीत्व ३१ दशमलव ५ प्रतिशत रहेने विद्येयकमा उल्लेख छ । कोषमा नेप्सेको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा रहेको छ ।

विद्येयक पारित भएसँगै कोषको चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको छ । हाल कोषको चुक्ता पूँजी १ अर्ब १० करोड रूपैयाँ रहेको छ । त्यस्तै अधिृकत पूँजी ८ अर्ब पुग्ने भएको छ । सरकारले कोषको प्रस्तावना नै संशोधन गरेर पूँजी बजारमा लगानी गर्न पाउने ब्यवस्था गरेको छ । साथै कोषले अवकास कोष र सामाजिक सुरक्षण कोष सञ्चालन गर्न पाउने भएको छ । कोषले लगानीको अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यकम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशिलता ल्याउने गरी काम गर्ने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]