March 18th, 2019

आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन लगानीकर्तालाई बोर्डको आग्रह

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले शेयर लागानीकर्ताले दोस्रो अन्तराष्ट्रिय लगानी सम्मेलनलाई लक्षित गरि गर्न लागेको आन्दोलन प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नियामक निकायहरुबाट बजारको सुधार र बिकासका लागि काम भइरहेको तथा अर्थमन्त्रीले गठन गरेको मुद्रा तथा पूँजी बजार समस्या समाधान कार्यदलको सुझावहरु केही कार्यनवयन भइसकेको र केहि कार्यनवयनको चरणमा रहेको भन्दै कार्यनवयनको चरणमा रहेको भन्दै लगानीकर्तालाई संयमता अपनाउन बार्डले आग्रह गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै कार्यन्वयन हुन बाँकी सुझावहरु कार्यन्वनको लागि निर्देशन दिएको र बोर्ड गर्नुपर्ने कानुन संशोधन पनि भइरहेको बताएको छ । त्यसैले लगानीकर्ताले चैत्र १५ र १६ गते काठमाडांै हुने लगानी सम्मेलनको पूर्व सन्ध्यामा सम्मेलनलाई प्रभवा हुने गरि घोष गरेको आन्दोलन प्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै लगानीकर्तालाई संयमता अपनाउन गग्रह गरेको उल्लेख गरेको छ ।

नियामक निकायको रुपमा वोर्डले समग्र धितोपत्र वजार र लगानीकर्ताको हितको लागि सुधार र विकासका कार्यहरु गदै आइरहेको भन्दै नियामक निकायको पदाधिकारीको घर घेराउ लगायतका गैर व्यवसायिक र अवाञ्छित कार्यक्रमले नियमक निकायलाई कमजोर बनाउने बोर्डले उल्लेख गरेको छ । जसले बजारको विकासमा वाधा पुग्नुको साथै बजार संचालन र लगानीकर्ताको हित संरक्षणमा नकरात्मक प्रभाव पार्ने बोर्डको भनाई छ ।

नियामकहरुको नीति तथा योजना अनुसार बजारुको विकास तथा बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन बोर्डले धितोपत्र बजार सुधार र विकासका लागि विशेष आइरहेको समेत विज्ञप्तिमा उल्लेख लगानीकर्ताले भोगेको समस्या समाधान गर्ने, धितोपत्र बजारलाई स्वस्थ, पारदर्शी र आधुनिक बनाउने, नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्ने तथा संस्थागत क्षमता र बजारको विकासमा बाोर्ड केन्द्रित रहेको पनि बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डले धितोपत्र बजारको क्षेत्रमा गरेको सुधारहरुलाई बँुदागत रुपमा उल्लेख गरेको छ ।

प्राथमिक बजारमा भएका सुधार तथा विकास
१. २०७३ श्रावण १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यका बाहिर समेत अर्थात नेपाल राज्यभरि सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य गर्दै सार्वजनिक निष्काशनमा आश्वा (ASBA) प्रणाली लागू गरिएको,
२. बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियानले काठमाडौं बाहिरका दुर्गम क्षेत्रका लगानीकर्ताहरुको संख्या उल्लेखनिय रुपले वढाएको ।
३. प्राराम्भिक सार्वजनिक निष्काशन (IPO) का अधिकतम शेयरहरु डिम्याट अर्थात अभौतिकिकरण भएको ।
४. वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्ने गरी धितोपत्रको प्रिमियम मूल्य निर्धारण तथा सम्भव भएसम्म दरखास्त दिने सवैलाई धितोपत्र बाँडफाँट गर्न सक्ने लगायतका धितोपत्र निष्काशन तथा बाँडफाँट गर्ने व्यवस्था,
५. मर्चेन्ट वैंकरको वित्तीय अवस्था सुदृढ गराई मर्चेण्ट बैंकरको प्रतिस्पर्धात्मक क्षमतामा बृद्धि गराउने व्यवस्था,
६. हकप्रद तथा बोनस शेयर डिम्याट खाता र नगद लाभांश लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था,
७. थप निष्काशन (FPO) को मूल्य निर्धारणका मापदण्ड बनाई लागू गरिएको,
८. प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशन सम्बन्धमा नयाँ व्यवस्था ।

धितोपत्रको दोस्रो बजारमा भएका सुधार तथा विकास
१. वि.सं. २०७२ माघबाट धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित (Full Automation) अर्थात कारोबार, नामसारी र राफसाफको स्वचालित संचालनको व्यवस्था, जसबाट दुई‐चार महिना लाग्ने नामसारी तीन दिनभित्र हुने व्यवस्था भएको,
२. दलाल व्यवसायी सेवा शुल्कमा कटौती, धितोपत्र दलाल कम्पनीको चुक्ता पूँजी, शाखा कार्यालयको पूर्वाधार, शाखा खोल्न बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्थाहरु सहित नियमावली संशोधन,
३. धितोपत्र व्यवसायीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिन बडापत्रको व्यवस्था गर्नुका साथै महिला, अपांग तथा केटाकेटीलाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ्ग फ्लोरमा थप ट्रेडिङ्ग विण्डो उपलव्ध गराउने व्यवस्था,
४. थप तीन क्लियरिङ्ग बैंकको व्यवस्था गरी क्लियरिङ्ग बैंक सेवालाई प्रतिस्पर्धी बनाइएको,
५. दोस्रो बजारको कारोबार समय परिवर्तन तथा अड लटको कारोबार शुरु,

अन्य सुधारहरु
१. बोर्डको पहलमा नेपाल सरकारले ब्रोकर सेवामा तथा धितोपत्र बजारमा भ्याट नलाग्ने व्यवस्था,
२. बोर्डले धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (International Organisation of Securities Commissions -IOSCO) को एशोसियट सदस्यता प्राप्त,
३.बोर्ड कर्मचारी र सदस्यमा आचारसंहिता सहित सूचिकृत कम्पनीका लागि सुशासन निर्देशिका २०७५ श्रावण देखि लागू गरेको,
४. सुपरिवेक्षण म्यानुयल लागू,
५. ओटिसी बजार संचालन तथा शुल्क कटौती,
६. प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोष प्रोत्साहन गर्न “विशिष्टिकृत लगानी कोष नियमावली, २०७५” लागू,
७. दश जनशक्ति थप गर्नुका साथै जनशक्तिलाई प्रशिक्षित गरी नियमनकारी र सुपरीवेक्षकिय क्षमता अभिवृद्धि मार्फत संस्थागत क्षमता वढाइएको ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]