March 18th, 2019

बैंकहरुको लगानी व्यवस्थित गर्न छुट्टै नीतिगत व्यवस्था गर्ने अर्थमन्त्रायलको तयारी

बैंकिङ खबर । सरकारले बेरोजगारलाई काम दिएर सामजिक सुरक्षाको दायरामा ल्याउने र सोही अनुसार काम गर्न नसकेमा योगदानको अंश पुरा गारेर बेरोजगारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले बालबालिकालाई तथा वृद्धवृद्धालाई सरकारले सामाजिक सुरक्षाको दायरामा ल्याइसकेको बताउँदै अवकाश जीवन सुरक्षित होस् र उक्त जीवनको लागि अहिले धरै दुःख र चिन्ता गर्नु नपरोस भनेर अवकाश प्रप्त जीवनलाई वित्तीय अवस्थामा मजबुत बनाउनको लागि सरकारले यस्ता योजनाहरु ल्याउने गरेको बताए । ७० वर्ष नाघेका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय पनि त्यसैको एउटा अंग रहको अर्थमन्त्रीको खतिवडाको भनाई छ ।

योगदानमा आधारीत सामाजिक सुरक्षा योजनालाई देशव्यापी बनाउने उद्देश्य सरकारले लिएको उनले बताए । सम्पुर्ण नागरिकले सामाजिक सुरक्षाको हक पाउनुपर्ने भन्दै त्यसलाई दुई प्रकारले पुरा गर्न सकिने उनको भनाई छ । जसले योगदन गर्न सक्छ त्यसलाई योगदानको आधारमा समावेश गर्ने र जसले योगदान गर्न सक्दैन त्यसलाई राज्यले उसको योगदानको अंश पुरा गरेर सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने उनले बताए ।

वित्तीय कारोबार गर्ने संस्थाहरु जो नेपाल राष्ट्र बैंकको नियमनको दायराभन्दा बाहिर रहेका छन् । तिनीहरुको नियमन अहिले राष्ट्र बैंकले नै गरिरहेको र अहिले समग्रमा वित्तीय संस्थाहरुलाई नियमन गर्ने छुट्टै कानुन निर्माण भईरहेको अर्थमन्त्रीको भनाई छ । त्यसमा वित्तीय संस्थालाई कसरी हेर्ने भन्ने फरक कुरा रहेको तर गैर वित्तीय संस्थाहरुलाई हेर्ने कानुनको मस्यौदा बनिरहेको उनले बताए । अहिले पनि राष्ट्र बैंकको नियमन बाहिर रहेको वित्तीय संस्थाहरुको नियमन कसले गर्ने भन्ने स्पस्ट नभएको उनको भनाई छ । बैंकहरुको जथाभावि लगानी रोक्नको लागि छुट्टै कानुन निमाण हुँदै गरेको पनि अर्थमन्त्री यूवराज खतिवडाले बतएका छन् । बैंक ताथ वित्तिय क्षेत्रहरुले लगानी गर्दा जथाभावी लगानी गर्ने गरेको जनाउँदै त्यस्तो प्रवृतिलाई रोक्न लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने अर्थमन्त्री डा. खतिवडाको भनाई छ । त्यसको लागि सरकाले छुट्टै कानुन निमार्णको तायारी गरिरहेको जानकारी अर्थमन्त्री खतिवडाले दिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]