March 18th, 2019

बीमा समितिले ल्यायो बाख्रा बीमाको लागि छुट्टै बीमालेख

बैंकिङ खबर । बीमा समितिले बाख्रा बीमाको लागि छुट्टै बीमालेख जारी गरेको छ । पशु बीमालेख अन्तरगत बाख्राको बीमाको गरिदै आए पनि व्यवहारिक रुपमा कार्यन्वयन नभएपछि समितिले बाख्रा बीमाको लागि छुट्टै बीमालेख जारी गरेको हो ।

कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै समितिले छुट्टै बाख्रा बिमालेख जारी गरेको हो । पशु बीमालेख अन्तरगतका जोखिम र बाख्राको जोखिम एउटै नहुने भएपछि दाबीको समस्या पर्ने गरेको समितिले बताएको छ । तसर्थ कृषक र कम्पनीहरुको आवश्यकतालाई मध्यनजर गरी समितिले बाख्रा बीमालेख जारी गरेको हो । समितिले निर्माण गरेको उक्त बिमा सबै निर्जीवन बिमा कम्पनीहरुले विक्री गर्न पाउँनेछन् ।

यस बीमालेख अनुसार आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो र भूस्खलनका कारण बाख्रा मरेमा कम्पनीले ९० प्रतिशत रकम भुक्तानी गर्नेछ । त्यसैगरी आँधिवेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक र रोगबाट बाख्रा मरेमा कम्पनीले दाबी भुक्तानी गर्नेछ । उक्त बिमा योजनासँग कृषकहरुले २ लाख रुपैयाँसम्मको दुर्घटनाको मृत्यु बीमा समेत समावेश गरिएको छ ।

कसरी गर्ने दाबी
बीमा गरेको बाख्रा मरेको अवस्थामा बाख्रा मरेको ३ दिन भित्र बीमा कम्पनीलाई जानकारी दिनुपर्नेछ ।

दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फारम, गाउँपालिका, नगरपालिका, वडा कार्यलय वा सबैभन्दा नजिकको दुई जना छिमेकीको सर्ज्मिन मुचुकल्का संलग्न गराउँनुपर्नेछ ।

यदि २० वटा भन्दा बढी बाख्राको बीमा गरिएको अवस्थामा अनिवार्य रुपमा सम्बन्धित स्थानीय निकायको पुशसेवा वा भेटेनरी अस्पताल, पशुसेवा विज्ञ केन्द्रबाट प्रमाणित गर्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]