March 18th, 2019

नागरिक लगानी कोषलाई बैंकको ब्याजदरमा नखेल्न अर्थमन्त्रीको आग्रह

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोष लगायतका संस्थागत निक्षेपकर्ताहरुलाई मुद्रा बजारमा असन्तुलन ल्याउने काम नगर्न आग्रह गरेका छन् । नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सव तथा नयाँ बन्न लागेको भवनको शिलान्यस गर्दै अर्थमन्त्री डा. खतिवडाले निक्षेप राख्नका लागि बार्गेनिङ नगर्न आग्रह गरेका हुन् ।

नागरिक लगानी कोष ठुला संस्थागत निक्षेपकर्ता मध्ये एक रहेको तथा ठुला निक्षेपकर्ताले बैंकमा निक्षेप राख्दा ब्याजदरमा बर्गेनिङ गर्ने गरेको तर्फ संकेत गर्दै पूँजी बजारको विकास र विस्तार गर्नु उद्येश्य भएकाले कोषले मुद्रा बजारमा खेल्ने काम नगर्न कोषलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले कार्यक्रममा नागरिक लगानी कोषको उद्देश्य पूँजीबजारको विकासको साथै दिर्घकालिन महत्वका पूर्वाधारमा लगानी गर्नु पनि रहेकोले त्यसको लागि काम गर्न र बैंकहरुको सहयोगिको भूमिका निवार्ह गर्नुपर्ने बताए । पूर्वाधारमा लगानी गर्न बैंकलाई साथ दिँदै दिर्घकालीन परियोजनामा लगानी गर्दा कोषलाई पनि दिर्घकालिन रुपमा फाइदा पुग्ने उनको भनाई छ । अहिले सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्ने धरै कोष सञ्चालनमा रहेको भन्दै यसले कतिपय क्षेत्रमा डुप्लिकेसन आएको उनले बताए । त्यसलार्ई समाधान गर्नको लागि सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्ने सम्पुर्ण संस्था तथा कोषलाई एउटै छानामुनी ल्याएर पुर्नसंरचना गर्ने तयारी सरकारले गरिरहेको जानकारी समेत दिए ।

अहिले नियामक छैन भने नसोच्न आग्रह गर्दै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोष लगायतको नियमन तथा निरिक्षण अर्थमन्त्रालयले सुक्ष्म रुपमा गरिरहेको बताए । उनले नेपाल राष्ट्र बैंकलाई यसको नियमनको जिम्मेवारी दिनको लागि कानुनी बाटो खोज्ने काम अर्थमन्त्रालयले गरिरहेको पनि जानकारी दिए । कार्यकारी प्रमुख संस्थाको सञ्चालक हुनुपर्ने कर्मचारीको मागको जवाफ दिदैं कार्यकारी सञ्चालक हुँदा संस्थामा तानाशाह आउन सक्ने तथा स्वार्थ हावी हुने भन्दै सञ्चालक र ब्यवास्थापन छुटै हुनपर्ने उनले बताए । आफुले शिलान्यास गरेका भवनहरु समयमा नै निमार्ण सम्पन्न भएको भन्दै नागरिक लगानी कोषको भवनलाई अपवाद नबनाउन आग्रह गरेका छन् । नागरिक लगानी कोाषले आफ्नो २९ औं वार्षिक उत्सवको अवसर पारेर काठमाडौंको नयाँ बानेश्वरमा बनाउन लागेको भवनको शिल्यानाश गर्दै उनले भने “म खाल्टोमा पसेपछि माथि उठेको छु, यसमा नागरिक लगानी कोष अपवाद नबनोस् ।”

उनले नागरीक लगानी कोषको छुट्टै कार्यक्षेत्र तथा उदेश्य रहेकाले आफ्नो कार्यक्षेत्र भित्र बसरे काम गर्न निर्देशन दिए। सुरुमा नेपाल राष्ट्र बैंकले पनि कोषको स्थापनामा महत्वपुर्ण भूमिका निर्वाह गरेको तर राष्ट्र बैंकको ऐनले यसमा निरन्तरता दिन नमिल्ने हुँदा राष्ट्र बैंक बाहिरिएको भन्दै नयाँ शेयर होल्डरलाई वित्त बजारको बलियो तथा अग्रणी संस्थाको रुपमा विकास गर्न आग्रह गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]