Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नागरिक लगानी कोष अपवाद नबनोस् : अर्थमन्त्री खतिवडा

२०७५ चैत्र ४ गते

बैंकिङ खबर। अर्थमन्त्री डा. यूवराज खतिवडाले आफुले शिलान्यास गरेका भवनहरु समयमा नै निमार्ण सम्पन्न भएको भन्दै नागरिक लगानी कोषले शिलान्यास गरेको भवनलाई अपवाद नबनाउन आग्रह गरेका छन् । सोमबार नागरिक लगानी कोाषले आफ्नो २९ औं वार्षिक उत्सवको अवसर पारेर काठमाडौंको नयाँ बानेश्वरमा बनाउन लागेको भवनको शिल्यानाश गर्दै अर्थमन्त्री खतिवडाले भने “म खाल्टोमा पसेपछि माथि उठेको छ, यसमा नागरिक लगानी कोष अपवाद नबनोस् ।”

कोषले नयाँ बानश्वरमा रहेको आफ्नै स्वामित्वमा रहेको ६ रोपनी जमिनमा करीब ६९ करोडको लगानीमा ९ तले सुविधा सम्पनन भवन निमार्ण गर्न लागेको हो । कोषको भवन शिलान्यस तथा वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

कोषले हाल संचालनमा रहेका काठमाडौं, पोखरा र विराटनगर कार्यलयबाट ४० हजार भन्दा बढी संघ संस्थाको ६ लाख ३१ हजार भन्दा बढी कर्मचारीहरुको बचत संकलन गरिरहेको छ । कोषले वैदशिक राजगारीमा जानेहरुको बचतलाई प्रोत्साहन गर्नको लागि नागरीक एकाङ्क कोष, योगदानमा आधारित बचत योजना लगातका विभिन्न ११ वटा बजत योजना संचालन गरिरहेको छ । कोषले निकट भविष्यमा ७ वटै प्रदेशमा कार्यलय स्थापना गर्ने बताएको छ । त्यस्तै मार्केट डिलरको काम गर्ने प्रक्रिया पनि अगाडि बढेको उलेख गरेको छ ।

Ad