March 18th, 2019

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा प्रिमियम झण्डै १० अर्ब

बैंकिङ खबर । बीमा समितिकोे चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल ९ अर्ब ७३ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यसमध्ये सबैभन्दा धरै प्रिमियम प्रदेश तीनबाट संकलन भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशबाट संकलन भएको छ । सञ्चालनमा रहेका २० वटा बीमा कम्पनीहरुको ७ सय १९ वटा शाखा कार्यालयहरुमा ३ हजार ७ सय १३ जना कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन् ।

निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन प्रदेश तीनमा झण्डै ६० प्रतिशत र कर्णाली प्रदेशमा १ प्रतिशत भन्दा कम
प्रिमियम संकलनमा प्रदेश ३ सबैभन्दा अगाडी रहदा कार्णाली प्रदेश कमजोर रहेको देखिन्छ । प्रदेश एकमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले पुष मसान्त सम्ममा १ अर्ब २ करोड ४० लाख प्रिमियम संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ९ अर्ब ७३ करोड ९१ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेकोमा सबैभन्दा धरै ५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ अर्थात् ५८ दशमलव ९२ प्रतिशत प्रिमियम प्रदेश ३ मा संकलन गरेको देखिन्छ । त्यस्तै प्रदेश एकमा २ अर्ब २ करोड ४० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन कुल प्रिमियमको १० दशमलव ५१ प्रतिशत हो । प्रदेश दुईमा ७७ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन कुल प्रिमियमको ७ दशमलव ९९ प्रतिशत हो ।

गण्डकी प्रदेशमा कुल प्रिमियमको ७ दशमलव ७५ प्रतिशत अर्थात ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ । प्रिमियममा १० दशमलव ९३ प्रतिशत हिस्सा रहेको प्रदेश पाँचमा १ अर्ब ६ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । शुन्य दशमलव ८८ प्रतिशत मात्र प्रिमियम हिस्सा रहेको कर्णली प्रदेशमा ८ करोड ५९ लाख रुपैयाँ संकलन भएको छ । ३ दशमलव शुन्य २ प्रतिशत मात्र प्रिमियम हिस्सा रहेको सुदूरपश्चिममा २९ करोड ३६ लाख रुपैयाँ संकलन भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालय र कर्मचारीमा पनि प्रदेश ३ अगाडी
र्निजीवन बीमा कम्पनीमा कुल ३ हजार ७ सय १३ जना कर्मचारी कार्यरत रहेकोमा प्रदेश एकमा रहेका १ सय १५ वटा कार्यलयमा ३ सय ८५ जना कार्यरत छन् । जुन कुल कर्मचारी संख्याको १० दशमदव ३७ प्रतिशत हो । प्रदेश २ मा रहेको ९१ वटा शाखा कार्यालयमा ३ सय ९ जना कार्यरत छन्, जुन कुल कर्मचारीको ८ दशमलव ३२ प्रतिशत हो । सबैभन्दा धरै ५५ दशमलव ५१ प्रतिशत कर्मचारी कार्यरत रहेको प्रदेश ३ मा २ सय २६ वटा शाखामा २ हजार ६१ जना कार्यरत छन् । ७ दशमलव ७० प्रतिशत कर्मचारी रहेको गण्डकी प्रदेशको ९५ वटा शाखामा २ सय ८६ जना कार्यरत छन् । ४ सय ४६ जना कर्मचारी रहेको प्रदेश ५ मा १ सय १७ शाखा रहेको छ । प्रदेश ५मा कुल कर्मचारीको १२ दशमलव शुन्य १ प्रतिशत कर्मचारी काम गर्दछन् । कणाली प्रदेशमा २८ वटा मात्रै शाखा रहेका छन भने कर्मचारी संख्या ७५ जना मात्र रहेका छन् । जुन कुल कर्मचारीको २ दशमलव २ प्रतिशत हुन आउँछ । कुल कर्मचारीको ४ दशमलव शुन्य ७ प्रतिशत मात्र हिस्सा रहेको सुदूरपश्चिम प्रदेशमा रहेको ४७ शाखामा १ सय ५१ जना कर्मचारी कार्यरत देखिन्छन् ।

बीमा समितिले तयार पारेको प्रदेशगत तथ्याङक हेर्दा र्निजीवन बीमा कम्पनीको ब्यवसाय प्रदेश तीनमा केन्द्रित देखिन्छ । कुल ब्यवसायको करीब ६० प्रतिशत हिस्सा प्रदेश तिनले आगटेको छ । विकट कर्णाली अञ्चलका जिल्लाहरु समेटेर बनेको कर्णाली प्रदेशमा र्निजीवन बीमा कम्पनीको ब्यवसायको आकार शुन्य दशमलव ८८ प्रतिशत र सुदूरपश्चिमका जिल्लाहरु मात्र रहेको सुदूरश्चिम प्रदेशमा ब्यावसायको हिस्सा ३ दशमलव शुन्य २ प्रतिशत मात्र हुनुले पनि बीमा कम्पनीहरु सहरी क्षेत्रमा मात्र केन्द्रित भएको देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]