राष्ट्रिय स्तरको एनआरएन लघुवित्तसँग रामरोशन लघुवित्त गाभिदै

बैंकिङ खबर । करिब १ महिना अगाडिबाट सञ्चलनमा आएको एनआरएन लघुवित्त र रामारोशन लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ । शुक्रबार एनआएनए लघुवित्तको केन्द्रिय कार्यलय धनगढीमा भएको सम्झैतामा एनआएनए लघुवित्तका तर्फबाट संयूक्त मर्जर कमिटिका संयोजक शम्भु घिमिरे तथा रामारोशन लघुवित्तका तर्फबाट संचालक राजेश बटालाले हस्ताक्षर गरे ।

मर्जर पछि पनि लघुवित्तको नाम एनआरएन नै र केन्द्रिय कार्यालय हालको एनआरएन लघुवित्तको केन्द्रिय कार्यालय धनगढीमा नै रहने एनआरएन लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले बाताए ।

मर्जर पछि लघुवित्तको चुक्ता पूँजी १७ करोड ७० लाख हुनेछ । दुबै लघुवित्तले साधारण शेयर जारी नगरेकोले साधारण शेयर जारी पछि भने चुक्ता पूँजी २६ करोड माथि हुने एनआरएन लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

एनआरएन लघुवित्तले सञ्चालनमा आएको १ महिनामा १० वटा शाखा सञ्चालनमा ल्याएको छ भने रामारोशन लघुवित्तको शाखा संख्या १५ वटा रहेका छन् । स्वाप रेसियो १ बराबर १ नै गर्ने तय भएको तर डिडिए गर्ने क्रममा ठुलो अन्तर आएमा भने त्यसमा हेरफेर हुन सक्ने शाहले बताए ।

सुदुरश्चिममा नै केन्द्रिय कार्यालय रहेको ३ वटा लघुवित्तहरु एनआरएन, क्रिएटिभ र रामारोशनले एकै साथ सम्झैता गर्ने गरि मर्जको लागि छलफल भएको तर क्रियटिभसँग सहमति हुन नसक्दा २ वटा बीचमा मात्र सम्झौता भएको नायब प्रमुख शाहको भनाई छ । अझै पनि सहमति हुन सकेमा क्रिएटिभ पनि मर्जमा सामेल हुने सम्भावन रहेको र स्वाप रेसियो मिल्ने पुर्वका अन्य लघुवित्त वित्तीय संस्थाहरुसँग छलफल गरेर मर्जरमा जाने सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *