March 15th, 2019

नेपालको फागुन सम्मको आर्थिक तथा वित्तीय स्थिति बैंकहरु निक्षेप ८.७ % र कर्जा १४ % ले बढ्यो


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रकासित गरेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा चालु आर्थिक बर्षको सात महिनाको आवधिमा वााार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४ प्रतिशत रहेको उल्लेख गरेका छ । त्यस्तै औसत मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयात २६ प्रतिशतले बढ्दा निर्यात ११.५ प्रतिशतले मात्र बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २८.५ प्रतिशत र अमेरिकी डलरमा १६.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । बैंकिङ्ग कारोबारमा आधारित सरकारी खर्च ३.१ प्रतिशतले घटेको छ । राजस्व संकलन २२.१ प्रतिशतले बढेको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने विस्तृत मुद्राप्रदाय १९.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ८.७ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा प्रवाह १४.० प्रतिशतले बढेको उललेख छ । वार्षिक विन्दुगत आधारमा भने निक्षेपको २१.३ प्रतिशत बढ्दा कर्जा २३.० प्रतिशतले बढेको देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]