March 15th, 2019

ज्योति विकास र हाम्रो विकास बैंकको एकिकृत कारोबार चैत १५ गते देखि

बैंकिङ खबर । ज्योति विकास बैंक र हाम्रो विकास बैंकले सयुक्त रुपमा चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने भएका छन् । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि एकिकृत कारोबार गर्न राष्ट्र बैंकले दुई संस्थालाई अनुमति दिएको थियो ।

यी दुई संस्थाले सयुक्त कारोबारका लागि फागुन २७ गते कम्पनी रजिष्टारको कार्यलयबाट स्वीकृति पाएको हो । चैत १५ गते देखि ज्योति विकास बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]