यसअघिको निर्णबाट पछि हट्यो बोर्ड, ५ लाख माथिको कारोबारमा प्यान अनिवार्य

बैंकिङ खबर।  नेपाल धितोपत्र बोर्डले बैंशाख १ गतेदेखि दोस्रो बजार मार्फत शेयर खरिद विक्री गर्दा ५ लाख भन्दा माथिको करोबार गर्दा मात्र प्यान नंम्बर अनिवार्य गर्ने निर्णय गरेको छ । यसअघि दास्रो बजार कारोबारमा प्यान अनिवार्य चाहिने निर्णय गरेको बोर्ड उक्त निर्णयबाट केहि पछाडी हट्र्दै यस्तो निणर्य गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा आगामी बैशाख १ गतेदेखि दोश्रो बजार मार्फत् शेयर खरीद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने निर्णय गरेको भन्दै उक्त व्यवस्थामा ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने र ५ लाख भन्दा तलको कारोबार गर्ने साना लगानीकर्तालाई प्रोत्साहित गर्नको लागि हाललाई ऐच्छिक रुपमा प्यान नंम्बर प्रयोग गर्ने निर्णय भएको उल्ललेख छ ।

बैंशाख १ गतेबाट दोस्रो बजारको सबै कारोबारमा प्यान लागु गर्ने निणर्य गरेको बोर्डले बजार सम्वद्ध सबै सरोकारवाला र अर्थमन्त्रालयको राय अनुसार ५ लाख भन्दा बढीको शेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने निर्णय भएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बताए । बैंशाख १ गते देखि अनिवार्य प्यान लागु गर्ने विषयमा लागानीकर्ताले तिब्र विरोध गर्दै हाललाई ऐच्छिक रुपमा मात्र लागु गर्नुपर्ने माग गरिरहेका छन् ।

लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोवारमा स्थायी लेखा नम्बरको कार्यान्वयनमा सहज हुने अपेक्षा बोर्डले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *