आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै लगानीकर्तासँग अर्थमन्त्रालयको छलफल

बैंकिङ खबर। अर्थ मन्त्रालयका प्रतिनिधिहरु शेयर बजार क्षेत्रमा देखिएको समस्या समाधानको लागि जुटेका छन् । राजश्व सचिव लाशंकर घिमिरेको नेतृत्वमा अर्थमन्त्रालयका प्रतिनिधिहरु र शेयर बजार लगानीकर्ताहरू बिच बुधबार सिंहदरवारमा छलफल भएको छ । राजस्व सचिव लालशंकर घिमिरेको अग्रसरतामा भएको छलफलमा नेपाल इन्भेस्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधि सहभागी भएका थिए । राजस्व सचिव भएर आएसँगै घिमिरेले आफ्नो अग्रसरतामा पहिलो पटक शेयर लगानीकर्ताहरूसँग छलफल गरेका हुन् ।

सरकारले चैत १५ र १६ गते राजधानीमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरि लगानीकर्ताले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै राजश्व सचिव घिमिरेको अग्रसरतामा अर्थले लगानीकर्तासँग वाता सुरु गरेको हो । यसरी अर्थमन्त्रालयकै प्रतिनिधिको अग्रसरतामा समस्या समाधानको लागि छलफल सुरु भएको भए पनि आन्दोलनको नेतृत्व गरेको समुह लगानीकर्ता दवाब समूहका प्रतिनिधिहरु भने छलफलमा सहभागि भएका थिएनन् ।

अर्थमन्त्रालयमा करिब दुई घण्टा भएको छलफलमा लगानीकर्ताले विशेष गरेर नप्सेको अनलाईन सिस्टममा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने, प्यान कार्डलाई बैंशाखबाट अनिवार्य गर्ने विषयमा पुर्नविचार गर्नुपर्ने, अर्थमन्त्रालयले मुद्रा तथा पूँजीबजारको समस्या समाधान गर्न गठन गरेको उच्चस्तरीय कार्यदलले बुझाएको प्रतिवेदनको कार्यन्वयन गर्न बाँकि रहेको विषय यथाशिघ्र कार्यन्वयन गर्नुपर्ने तथा पुँजीगत लाभकर ७ दशमलव ५ प्रतिशत नै अन्तिम हो कि हैन भन्नेर सरकारले यथाशिघ्र जानकारी गराउनुपर्ने माग राखेको नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

लगानीकर्ताको उक्त मागको विषयमा आफु सकारात्म रहेको र यस विषयमा धितोपत्र बोर्ड र नेप्सेका पधादिकारी सँग छलफल गर्ने र आवाश्यक निर्देशन दिने आश्वसन सचिव घिमिरेले दिएको अर्याल बताउँछन् । सचिव घिमिरेले काम गर्न नसक्ने पदाधिकारीलाई आवाश्यक परे बर्खास्त गर्न पनि पछि नपर्ने बताएको स्रोतको भनाई छ । सचिव घिमिरेले बोर्ड र नेप्सेका पदाधिकारीसँग छलफल पश्चात् आवाश्यक परेमा पुन लगानीकर्तासँग छलफले गर्ने आश्वसन दिएको अर्यालले बैंकिङ खबरलाई जानकारी दिए ।

चैत ९ गते देखि गर्र्ने भनिएको आन्दोलनमा एउटा समुहको मात्र हो कि सम्पुर्ण लगानीकर्ताको हो भन्ने प्रश्नमा अर्यालले नेपाल पूँजीबजार लगानीकर्ता सँघ सँग यस विषयमा छलफल भएको छैन । त्यसैले यस विषयमा कुनै टिप्पणी नगर्ने अर्यालले बताए । तर आन्दोलनरत समुहले छलफल छलफल गरेमा केहि विषयमो सर्मथन रहने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *