March 13th, 2019

३ अर्ब निक्षेप राख्ने बैंकको खोजिमा दूर सञ्चार प्राधिकरण, छनोटमा कुन बैंक पर्ला

बैंकिङ खबर । नेपाल दूर सञ्चार प्राधिकरणले ३ अर्ब रुपैयाँ निक्षेपमा राख्ने बैंक तथा वित्तीय संस्थाको खोजी गरेको छ । प्राधिकरणले रोयल्टी, नवीकरण दस्तुर लगायतका श्रोतबाट प्राप्त भएको ३ अर्ब रुपैयाँ एक वर्षका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो ।

वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम र प्रस्तावसहित आगामी चैत ५ गतेभित्र आवेदन दिनुपर्नेे छ । वाणिज्य बैंकले न्यूनतम २० करोड रुपैंयाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । अधिकतम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई निक्षेप दिइने जनाएको छ ।

बैंकले पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणमा समावेश भएका ६ वटा परिसूचक उल्लेख गरेर आवेदन दिनुपर्ने छ । त्यसमा क्यापिटल एडेक्वेसी रेसियो, खराब कर्जा अनुपात, सिसिडी रेसियो, एसएलआर, नेट लिक्वीडीटी रेसियो(एनएलआर) र प्रति सेयर नेटवर्थ उल्लेख गनुपर्ने छ ।

नेपाल दूर सञ्चार प्राधिकरणले कागजात पुर्याएका उच्च व्याज प्रस्ताव गरेका बैंकहरुमा निक्षेप राख्ने संोतको भनाई छ । बैंकर्स संघले संस्थागत निक्षेपकर्ताहरुलाई निक्षेपको व्याजदर ८ दशमलव ५ प्रतिशतभन्दा बढि दिन नपाउने सहमति गरेको छ । यद्यपी बैंकहरुमा लागनीयोग्य पूँजीको चरम अभाव रहेको अवस्थामा नेपाल दूर सञ्चार प्राधिकरणको निक्षेप प्राप्त गर्नको लागि बैंकहरुबीच राम्रो प्रतिष्पर्धा हुने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]