लघु तथा साना उद्योगमा विदेशी लगानी आवाश्यक छैन : चेम्बर

बैंकिङ खबर । नेपाल चेम्बर अफ कमर्शले प्रेश विज्ञप्ति जारी गर्दै स्वदेशी पूँजीको परिचालन बाट निमार्ण गर्न सम्भव नरहेको ठुला परियोजन (मेगा प्रोजेक्ट ) मा मात्र बैदिशीक लगानी खुल्ला गर्नुपर्ने बताएको छ । साना तथा लघु उद्यमको क्षेत्रमा विदेशी लगानी ल्याउँदा उक्त क्षेत्रका कार्यरत नेपाली विस्थापित हुने चेम्बरको बुझाइ छ । संसदमा पेश गरिएको र विचाराधीन बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ को प्राबधानहरुबारे आफ्नो धारण राख्ने क्रममा चेम्बारले यस्तो कुरा उल्लेख गरेको हो । चेम्बरले आफ्नो विज्ञप्तिमा आन्तरिक पूँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठूला परियोजनाहरु ‘मेगा–इन्डस्ट्री’मा मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने उल्लेख गरेको छ ।

चेम्बरले विज्ञप्ति मार्फत ध्यानकर्षण गराउँदै राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य रहेका बताएको छ । तर आन्तरिक पूँजी परिचालनमा स्वदेशी सिपको प्रयोग र विकास गर्न कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवाश्यक नभएकको चम्बरको ठहर छ ।

लघु तथा घरेलु उद्योगमा विदेशी लगानी भित्राउँदा उक्त क्षेत्रमा कार्यरत नेपालीहरुमा निराशा पैदा हुनुको साथै पूँजी निस्क्रिय हुने सम्भावना हुन्छ । जसले गर्दा उक्त क्षेत्रमा कार्यरत कर्मचारीहरु विस्थापन हुनुका साथै स्वदेशी उद्यमशिलता गिरावट आउने चेम्बरले बताएको छ । त्यसैले स्वदेशी लगाीमा सञ्चालन गर्न सकिने परियोजनामा विदेशि लगानी ल्याउन नहुने भन्न्दै चेम्बरले विज्ञप्ति मार्फत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *